आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने

बिहिबार, २९ श्रावण २०८२खेलपाटी संवाददाता
हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने
Classic Tech Internet Ad

काठमाडौं। अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ।

हिमालयन चेस एकेडेमीले कोशी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ। बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड एक सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।’

कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्युन छ। त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु।’ प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रुपमा रहेको छ।

सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ। सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन्। खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। गर्ल्स यु–१०, यु–१३, यु–१६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ।

काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो। उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो। २०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसइई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ। भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ। उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आइएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Bajaj Pulsar Motorcycle Ad
रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

पहिलो हाफमै एपीएफले खायो २ गोल

पहिलो हाफमै एपीएफले खायो २ गोल

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल