काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१७ च्याम्पियनसिपका लागि ४५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
एन्फाले सबै खेलाडीलाई भदौ १ गतेसम्म मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा रिपोर्ट गर्न निर्देशन दिएको छ। प्रारम्भिक चरणको प्रशिक्षणपछि अन्तिम टोली छनोट हुनेछ।
साफ यु–१७ च्याम्पियनसिप सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुनेछ। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालले घरेलु टोली श्रीलंकासँग उद्घाटन खेल खेल्नेछ। दोस्रो खेलमा १८ सेप्टेम्बरमा नेपाल बंगलादेशसँग भिड्नेछ।
समूह ‘बी’ मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन्।