काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
कलेजले मंगलबार आफ्नै भवनमा कार्यक्रम गर्दै उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
उनलाई नगद र मायाको चिनोसहित समान पनि गरिएको थियो। तर, सो नगद रकम भने खुलाइएको छैन। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए।
कृतिश ७४औं मिनेटमा मनीष डाँगीको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।