नेपाली टोली स्वदेश फर्कियो
सोमबार, साउन २७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम उत्तर कोरियासँग ११–० को फराकिलो हार बेहोरेको थियो। नेपाल समूह चरणमा दोस्रो भयो।
नेपालले भुटानसँग १–१ बराबरी खेलेको थियो। साउदी अरबलाई भने १–० ले पराजित गरेको थियो। छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो।
सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बन्यो। योसँगै उत्तर कोरिया अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा खेल्ने छ।







-1762856022963.jpg&w=3840&q=75)





