लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
-1754843967.webp&w=3840&q=75)
काठमाडौं। क्रिस्टल प्यालेसले आइतबार वेम्बलीमा भएको पेनाल्टी सुटआउटमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पराजित गर्दै कम्युनिटी शिल्ड जितेको छ।
इङ्लिस शीर्षस्तरीय लिगको नयाँ सिजनको ‘कर्टेन–रेजर’ खेल ९० मिनेटपछि २–२ को बराबरीमा सकिएको थियो। एफए कप विजेता प्यालेसले दुई पटक गोल गरेर खेलमा पुनरागमन गरेको थियो। अन्ततः सुटआउटमा ३–२ ले जित हात पार्यो।
प्यालेसका गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी रोक्दै सानदार प्रदर्शन गरे। मोहम्मद सालाहले आफ्नो प्रहार क्रसबारमाथि पठाए। जस्टिन डेभेनीले विजयी पेनाल्टी टप–कर्नरमा प्रहार गर्दै प्यालेसलाई उपाधि दिलाए।
लिभरपुलका नयाँ साइनिङ हुगो एकिटिके र जेरेमी फ्रिम्पोङले क्रमशः खेलको चौथो र २१औं मिनेटमा गोल गर्दै टिमलाई दुई पटक अग्रता दिलाए।
तर, प्यालेसले १७औं मिनेटमा जा–फिलिप माटेटाको पेनाल्टी र ७७औं मिनेटमा इस्माइला सारको नजिकबाट गरेको गोलमार्फत खेल बराबरीमा ल्यायो।










-1762856022963.jpg&w=3840&q=75)


