बंगलादेश यु–२० एसियन कपमा छनोट
आइतबार, २५ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेश एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ।
आइतबार सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा दक्षिण कोरियासँग ६–१ ले पराजित भए पनि बंगलादेश बंगलादेश छनोट चरण पार गर्न सफल रह्यो।
यो समूहबाट दक्षिण कोरिया अपराजित रहँदै सिधै छनोट भयो। दक्षिण कोरियाले ९ अंक जोड्यो। समूहको उपविजेता बंगलादेश भने शीर्ष तीन उत्कृष्ट उपविजेता बन्दै एसियन कपमा छनोट हुन सफल रह्यो।
बंगलादेशले लाओसलाई ३–१ र टिमोर लिस्टेलाई ८–० ले पराजित गरेको थियो। कुल १२ गोल गरेको बंगलादेशले ७ गोल खायो।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)
