म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
आइतबार, २५ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। अन्तिम खेलमा म्यानमारलाई पराजित गर्दै भारत एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ।
आइतबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा भारतले म्यानमारलाई १–० ले पराजित गरेको हो। भारतको जितमा पूजाको गोल निर्णायक रह्यो।
भारत प्रतियोगिताभर अपराजित रह्यो। इन्डोनेसियासँग गोलरहित बराबरी खेलेको भारतले तुर्केमिस्तानलाई ७–० ले पराजित गरेको थियो।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)
