पूर्णिमा सुरुआती ११ मा फर्किइन्
आइतबार, साउन २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्ट्राइकर पूर्णिमा राई एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलमा सुरुआती ११ मा फर्किएकी छन्।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साउदी अरबविरुद्धको खेलमा उनलाई दोस्रो हाफमा मात्रै मैदान उतारेका थिए। तर, उनलाई जित्नै पर्ने खेलमा यामले सुरुआती ११ मै मैदान उतार्ने निर्णय गरेका हुन्। यामले यसपल्ट उनले चार परिवर्तन गरेका छन्। अघिल्लो खेलमा मैदान उत्रेकी कुशुम खतिवाडाको स्थानमा निर्णायक गोलकर्ता सुक्रिया मियाँ पहिलो रोजाईमा उत्रिँदै छन्।
यस्तै मिडफिल्डर समीक्षा मगरलाई आराम दिइएको छ। उनलाई बेन्चमा राखेर यामले डिफेन्सलाई बलियो बनाएका छन्।
उनले माया मास्के र सजिना स्याङ्तान लाई सुरुआती ११ मा उतारेका छन्। यस्तै मिडफिल्डर मनिषा सेन पनि बेन्चमा बस्नेछिन्।







-1762856022963.jpg&w=3840&q=75)





