भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोली घोषणा
आइतबार, २५ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा गरेको छ।
एन्फाले आइतबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट अन्तिम २३ सदस्सीय टोली घोषणा गरेको हो। प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ।
डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन्। नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)
