शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु

शनिबार, २४ श्रावण २०८२खेलपाटी संवाददाता
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
Loading ad...
mustang rice ad

काठमाडौं। प्यालेस्टाइनका पूर्वराष्ट्रिय फुटबल खेलाडी सुलेमान अल–ओबैदको गोली लागेर मृत्यु भएको छ। उनलाई ‘प्यालेस्टिनी पेले’ भनेर चिनिन्थ्यो।

गाजा स्ट्रिपमा बुधबार मानवीय सहायता लिन लाइनमा उभिएका बेला उनीमाथि इजरायली पक्षले चलाएको गोली लागेको प्यालेस्टाइन फुटबल संघ (पीएफए) ले जनाएको छ।

४१ वर्षीय ओबैद दक्षिणी गाजामा सहायता पर्खिरहेका नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा मारिएका हुन्। गाजामा भोकमरी संकट तीव्र भइरहेका बेला संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले गत महिनामात्रै मे महिनाको अन्त्यदेखि हालसम्म खाद्यान्न सहायता लिन खोज्दा एक हजार ३०० भन्दा बढी प्यालेस्टिनी नागरिकलाई इजरायली सेनाले मारिसकेको जनाएको थियो।

गाजास्थित खदामत अल–साती क्लबका पूर्व स्टार ओबैदले प्यालेस्टाइन राष्ट्रिय टिमका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। आफ्नो लामो करिअरमा उनले १०० भन्दा बढी गोल गरेका थिए, जसले उनलाई प्यालेस्टिनी फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक बनायो।

मध्यपंक्ति खेलाडी ओबैदले पश्चिम तटको अल–अमारी यूथ सेन्टर क्लबका लागि पनि खेलेका थिए। इजरायलले १९६७ देखि कब्जा गर्दै आएको पश्चिम तटमा बसोबास गरिरहेका बेला सन् २०१० मा उनी गाजाबाट आएका राष्ट्रिय टिमका ६ खेलाडीमध्ये एक थिए, जसलाई मोरिटानियामा हुने मैत्री खेलका लागि यात्रा गर्न जोर्डनको सीमाबाट ‘सुरक्षाका कारण’ फर्काइयो।

त्यसबेला इजरायली अधिकारीले उनीहरूले पश्चिम तटमा खेल्नका लागि आवश्यक विशेष अनुमति नवीकरण नगरेको आरोप लगाएका थिए। ‘राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने सपना कुनै पनि खेलाडीको हुन्छ, त्यसबाट रोकिँदा म निकै दुःखी भएँ,’ ओबैदले त्यतिबेला एएफपीलाई भनेका थिए, ‘हामी पनि विश्वका अन्य खेलाडीझैं परिवारसहित स्वतन्त्र रूपमा यात्रा गर्न चाहन्छौं।’

गाजा सिटीमा जन्मिएका ओबैद विवाहित थिए र उनका पाँच सन्तान छन्। पीएफएका अनुसार अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु भएको गाजा युद्धमा खेल र स्काउटिङ क्षेत्रका ६६२ जनाको मृत्यु भइसकेको छ, जसमा ३२१ जना फुटबल क्षेत्रका छन्।

गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ६१ हजार २५८ जना मारिएका छन्। उता, हमासको आक्रमणमा इजरायलमा एक २१९ जनाको मृत्यु भएको एएफपीको आधिकारिक तथ्यांकमा जनाइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने