काठमाडौं। खुकुरी नेपालीज स्पोर्ट्स एण्ड कल्चर क्लबको फुटबल प्रतियोगिता अगस्ट १६ र १७ गते आयोजना हुने भएको छ।
खुकुरी नेपालीज स्पोर्ट्स एन्ड कल्चर क्लबको आयोजना हुने प्रतियोगिता सडबरीस्थित जेम्स जेरोम स्पोर्ट्स कम्प्लेक्स मिनी मैदानमा हुने छ।
प्रतियोगितामा सडबरीमा सक्रिय नेपाली फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता ७–ए–साइड स्वरूपमा हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्।
प्रवेश शुल्क प्रतिटिम ३०० क्यानडियन डलर तोकिएको आयोजकले जनाएको छ। विजेता र उपविजेतालाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ।