आयुष बंगलादेशी क्लबमा अनुबन्ध
शुक्रबार, २३ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो। २१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो। यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन्।
यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन्। यसअघि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरिसकेको छ।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)