दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
शुक्रबार, साउन २४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)लाई २–० ले पराजित गरेको हो।
जितसँगै मच्छिन्द्रले १२ खेलबाट ८ जित, २ हार र २ बराबरीसहित २६ अंक जोडेको छ। समान खेलबाट एनआरटी १२ अंकसहित १०औं स्थानमा छ।
मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे। यी दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो।
६१औं मिनेटमा राहुलको गोलबाट मच्छिन्द्रले सुरुआति अग्रता लिएको थियो। इन्जुरी समयको छैठौं मिनेटमा सुदीपले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित दिलाए।










-1762856022963.jpg&w=3840&q=75)


