शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटको मैदानमा स्यालको प्रवेश !

बिहिबार, २२ श्रावण २०८२खेलपाटी संवाददाता
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
Loading ad...
mustang rice ad

काठमाडौं। लन्डनको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा मंगलबार एउटा अनौठो दृश्य देखियो।

‘द हन्ड्रेड २०२५’ को उद्घाटन खेलमा मैदानमा एक स्याल छिरेपछि खेल केही समयको लागि रोकिएको थियो।

लन्डन स्पिरिट र गत सिजनका विजेता ओभल इनभिन्सिबल्सबीचको प्रतिस्पर्धा चलिरहेको बेला यो रमाइलो घटना घटेको हो।

खेलको क्रममा इनभिन्सिबल्सले ७२ रनको लक्ष्य पछ्याइरहेका थिए र लन्डन स्पिरिटका बलर ड्यानियल वोरेल बलिङको तयारी गरिरहेका थिए।

त्यतिबेला एक स्याल मैदानमा दौडिँदै पिच पार गर्दै जान थालेपछि दर्शकदीर्घाबाट हाँसो र तालीको आवाज गुञ्जियो। 

क्यामेराले तुरुन्तै उक्त स्याललाई क्याप्चर गरेपछि त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो। कमेन्ट्री बक्समा रहेका पूर्वकप्तान इयोन मोर्गन र पूर्व तीव्र गतिका बलर स्टुअर्ट ब्रड पनि यो घटनाबाट छक्क परे र हाँसो थाम्न नसक्ने अवस्थामा पुगे।

खेलको क्लिप स्काई स्पोर्ट्सले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धेरै प्रतिक्रिया जनाए।

केहीले स्याललाई प्रिमियर लिग क्लब लेस्टर सिटीसँग तुलना गरे, जसलाई ‘द फक्सेस’ भनिन्छ। अर्का एक प्रयोगकर्ताले ‘फक्स पक्कै पनि किङ पावर स्टेडियम खोज्दै थियो’ भनेर मजाक गरे। 

केहीले त प्रसारण गर्ने फक्स स्पोर्ट्ससँग समेत यस घटनालाई जोडेर ‘पिच साइडबाट प्रत्यक्ष रिपोर्टिङ’ भइरहेको टिप्पणी गरे।

अन्ततः स्याल मैदान पार गर्दै बाहिरिएपछि खेल पुनः सुरु भयो र इनभिन्सिबल्सले ६९ बलमै ८० रनको लक्ष्य सहजै पूरा गर्दै ६ विकेटले विजय हासिल गर्‍यो। 

राशिद खान र सैम करनले ३–३ विकेट लिएर स्पिरिटको इनिङ्स ध्वस्त पारे। अनुभवी खेलाडीहरू डेविड वार्नर, केन विलियमसन, र एष्टन टर्नर समावेश रहेको लन्डन स्पिरिटको ब्याटिङ लस्कर देखियो। राशिद खान ११ रन खर्चिएर ३ विकेट लिएर प्लेयर अफ द म्याच बने। 

उनले खेलपछि प्रतिक्रिया दिँदै भने,‘केही महिनादेखि म बलिङ गरिरहेको थिइनँ, तर अघिल्लो दशकको अनुभव अहिले काम आइरहेको छ।’

इनभिन्सिबल्सले सानदार जितसाथ उपाधि रक्षा अभियान सुरु गरे पनि खेलको सबैभन्दा चर्चित क्षण भने मैदानमा देखिएको स्याल नै बन्यो।

यसअघि पनि क्रिकेट खेलमा जनावरहरूका कारण खेल रोकिएको दृष्टान्त छन्। गत फेब्रुअरीमा च्याम्पियन्स ट्रफीको क्रममा कराँचीको नेसनल स्टेडियममा कालो बिरालो पिचमा छिरेको थियो।

त्यसैगरी कोलम्बोमा श्रीलंका र बंगलादेशबीचको खेलमा सर्प देखिएपछि खेल रोकिएको थियो। लंका प्रिमियर लिगमा पनि यस्तै घटना भइसकेको छ।

तर, लर्ड्स मैदानमा देखिएको यो स्यालले क्रिकेटमा अनौठो तर स्मरणीय क्षण थपिदिएको छ। खेलको परिणाम जे भए पनि साँच्चिकै स्यालकै धेरै चर्चा भइरहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई