एसियन पावरलिफ्टिङ च्याम्पियनसिप साउन ३० देखि
बुधबार, २१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने भएको छ।
साउन ३० देखि भदौ १ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत विभिन्न एसियाली मुलुकका झन्डै १२० खेलाडी सहभागी हुने आयोजकले दाबी गरेका छन्।
यी खेलाडीले १६ वटा तौल (८ पुरुष/८ महिला) र १२ वटा उमेर समूह (६ पुरुष/६ महिला) गरी १२८ फरक–फरक समूहहरूमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रत्येक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडलसहित पुरस्कार प्रदान गरिनेछ।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


