समीक्षा र विमलाले एपिएफबाट खेल्ने

काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले नेपाली राष्ट्रिय महिला टोलीका दुई डिफेन्डरलाई अनुबन्ध गरेको छ।
एपिएफले अर्को विभागीय प्रतिद्धन्द्धी समीक्षा घिमिरे र विमला विकलाई अनुबन्ध गरेको हो।
समीक्षा नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्। विमला भने त्रिभुवन आर्मी क्लबमा थिइन्। एन्फा महिला लिग च्याम्पियन एपिएफले लगतार दोस्रोपल्ट च्याम्पियन्स लिग खेल्न लागेको हो।
गत संस्करणमा पनि एपिएफले यो प्रतियोगिताको प्रारम्भिक छनोट खेलेको थियो। तर, समूहचरणबाटै बाहिरिएको थियो। यसपटक एपिएफ समूह ‘बी’ मा छ।
यो समूहमा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्बेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नास्सर छन्। यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ।
एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो। पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भने नासाफसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन्।
यी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। ४ समूहमा ४–४ टोली छन्। एक समूह ‘ई’ मा भने ३ टोली छन्। प्रत्येक समूहका विजेता मात्रै मुख्य प्रतियोगितामा प्रवेश गर्नेछन्।







-1762856022963.jpg&w=3840&q=75)





