यु–१७ एसियन कप छनोट : नेपाल पट ५ मा

काठमाडौं। सन् २०२६ मा साउदी अरबमा आयोजना हुने एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताको छनोट चरणका लागि नेपालले पाँचौं पटमा स्थान पाएको छ।
एएफसीका अनुसार प्रतियोगिताको ड्र अगस्ट ७ मा हुनेछ। कुल ३८ टोली सहभागी हुने यस संस्करणमा टोलीहरूलाई सात समूहमा विभाजन गरिनेछ। तीन समूहमा ६/६ टोली रहनेछ भने बाँकी चार समूहमा ५/५ टोली समेटिनेछन्।
छनोट चरणको खेल नोभेम्बर २२ देखि ३० सम्म सञ्चालन हुनेछ। छनोट खेल थाइल्यान्ड, भियतनाम, म्यानमार, सिंगापुर, जोर्डन, किर्गिजस्तान, ताजिकिस्तान र साउदी अरबमा आयोजना हुनेछन्। थाइल्यान्डले यसअघि छनोट खेल आयोजना गर्ने भनिएको भुटानको स्थान लिएको हो।
प्रत्येक समूहका विजेता टोली सन् २०२६ को फाइनल चरणमा प्रवेश गर्नेछन्। ती सात टोलीले सिधै विश्वकपमा स्थान बनाइसकेका कतार, उज्बेकिस्तान, साउदी अरब, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताजिकिस्तान, युएई र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछन्।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)