तनावपूर्ण खेलमा चर्च ब्वाइजको जित
मंगलबार, साउन २१, २०८२खेलपाटी संवाददाता

काठमाडौं। निकै नै तनावपूर्ण एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गरेको हो।
योसँगै ११ खेलमा २० अंक जोडेको चर्च ब्वाइज छैटौं स्थानमा कायम छ। पराजित हिमालयन शेर्पा समान खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ।
चर्च ब्वाइजलाई जित दिलाउन सुशन थापामगर र सुनील दंगालले गोल गरे। ६२औं मिनेटमा मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले दोहोरो पहेंलो कार्ड पाए। उक्त कुरालाई लिएर विवाद हुँदा खेल करिब ३५ मिनेट रोकिएको थियो।







-1762856022963.jpg&w=3840&q=75)





