प्याट्रिक २०३१ सम्म लेभरकुजेनमा रहने

काठमाडौं। जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले चेक गणतन्त्रका स्ट्राइकर पाट्रिक शिकसँग सन् २०३० सम्मको नयाँ सम्झौता गरेको छ। क्लबले सोमबार यो जानकारी दिएको हो।
शिकको अघिल्लो सम्झौता सन् २०२७ मा समाप्त हुने तय भएको थियो। केही मुख्य खेलाडीहरू यस समरमा क्लबबाट बिदा भएपछि उनीसँगको सम्झौता थप गरिएको हो।
मिडफिल्डर ग्रानिट झाका, अट्याकिङ मिडफिल्डर फ्लोरियन भिर्ट्स, राइटब्याक जेरेमी फ्रिमपोन्ग र डिफेन्डर जोनाथन टाहले क्लब छाडेका छन्। यी सबै खेलाडीहरूले २०२४ मा क्लबलाई लिग र कप डबल जिताउन मुख्य भूमिका खेलेका थिए।
त्यस्तै, प्रशिक्षक जाबी आलोन्सो पनि क्लब छाडेर रियल मड्रिड गएका छन्। शिकले गत सिजन ४५ खेलमा २७ गोल गर्दै क्लबका शीर्ष स्कोरर बनेका थिए। उनले सन् २०२० मा क्लबमा आएकोदेखि अहिलेसम्म बुन्डेसलिगामा ६४ गोल गरिसकेका छन्।
म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एरिक टेन हागले मे महिनामा आलोन्सोको स्थान लिँदै क्लबको बागडोर सम्हालेका छन्। क्लबमा मुख्य खेलाडीहरूको बहिर्गमनपछि उनलाई अब ठूला परिवर्तन र पुनर्निर्माणको चुनौतीमा छन्।
लेभरकुजेनले हालसम्म अमेरिकन अट्याकिङ मिडफिल्डर मलिक टिलम्यानलाई पीएसभी आइन्धोभेनबाट, लिभरपुलका पूर्वडिफेन्डर जारेल क्वान्साहलाई र ब्रेन्टफोर्डका गोलकिपर मार्क फलेकेनलाई अनुबन्ध गरिसकेको छ।







-1762856022963.jpg&w=3840&q=75)





