एपिएफको जितमा आदर्शको दुई गोल
सोमबार, साउन २०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। आदर्श मेचेको दुई गोलसँगै विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा सहज जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको हो।
यस नतिजासँगै ११ खेलमा १९ अंक जोडेको एपिएफ छैटौं स्थानमा उक्लिएको छ। पराजित प्लानिङ ब्वाइज समान खेलदबाट ६ अंकका साथ १३औं स्थानमा छ।
एपिएफलाई जित दिलाउन आदर्शबाहेक विपिन छन्त्यालले एक गोल गरे।







-1762856022963.jpg&w=3840&q=75)





