आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं स्थानमा विश्वकप सक्काएको होरले जित्यो १ करोड ७८ लाख

सोमबार, १९ श्रावण २०८२खेलपाटी संवाददाता
नवौं स्थानमा विश्वकप सक्काएको होरले जित्यो १ करोड ७८ लाख
Loading ad...
mustang rice ad

काठमाडौं। पहिलोपटक पब्जी मोबाइल विश्वकप (पीएमडब्युसी) मा सहभागी भएको नेपाली टोली ‘होर ईस्पोर्ट्स’ले ऐतिहासिक प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ। 

साउदी अरबमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै होरले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (झन्डै एक करोड ७८ लाख रुपैयाँ) पुरस्कार राशि जितेको हो।

फिनालेमा नवौं स्थानमा रहँदै टोलीले ६० हजार डलर प्राप्त गर्‍यो। त्यसभन्दा अघि सर्भाइभल स्टेजमा शीर्ष स्थानमा रहेबापत २५ हजार डलर, ग्रुप स्टेजमा १३औं स्थानमा रहेर २७ हजार ५०० डलर र एक शो–म्याच जितेर थप १० हजार डलर पुरस्कार हात पार्न सफल भएको थियो।

होरको टोलीबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए। यो नेपाली टोलीको पहिलोपटक विश्वस्तरीय ईस्पोर्ट्स प्रतियोगिता प्रवेश हो, जसले नेपाली गेमिङ क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ।

प्रतियोगिताको उपाधि म्यानमारको याङ्गोन ग्यालेक्टिकोसले १५७ अंक र चार चिकेन डिनरसहित जित्यो। उसले उपाधिसहित ५ लाख अमेरिकी डलर प्राप्त गर्‍यो। चीनको वेबो गेमिङ १४२ अंक साथ दोस्रो स्थानमा रहँदा मंगोलियाको अल्फा गेमिङ १४१ अंकका साथ तेस्रो भयो।

मंगोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि