एसिया रग्बी यु–२० सेभेन्स च्याम्पियनसिप खेल्ने टोली घोषणा
आइतबार, १८ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप खेल्ने अन्तिम टोलिको घोषणा गरेको छ।
एसिया रग्बीको आयोजनामा प्रतियोगिता २४ साउनदेखि २७ गतेसम्म भारतको बिहारस्थित राजगीर रंगशालामा हुनेछ। प्रतियोगितामा एसियाका ११ देशबाट ८ महिला र ८ पुरुष टोली सहभागी हुनेछन्।
सोही प्रतियोगिताका लागि हाल नेपाली टोली सर्लाहीको राधाकृष्ण खेलमैदानमा सावित्री पुर्जाको प्रशिक्षणमा छ।
घोषित टोलीमा सम्झौता तुम्बापो, लक्की बलमपाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशिला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही रहेका छन्।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


