नीराजनको गोलमा जोगियो आर्मी
शनिबार, १७ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १३४औं डुरान्ड कपमा पुनरागमन गर्दै लद्दाख फुटबल क्लबसँग अंक बाँढेको छ।
जम्सेदपुरको टाटा स्पोर्ट्स कम्पलेक्समा शनिबार सम्पन्न समूह ‘सी’को दोस्रो खेलमा यी दसई टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। यो नतिजासँगै दुवै टोलीले प्रतियोगितामा पहिलो अंक जोडेका छन्।
आर्मी पहिलो खेलमा घरेलु टोली जम्सेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको थियो। लद्दाखको भने यो पहिलो खेल हो।
खेलको २३औं मिनेटमा कर्नरबाट आएको बलको सदुपयोग गर्दै सेन्टर ब्याक सिजुले हेडरमार्फत लद्दाखलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा युवा स्ट्राइकर नीराजन धामीले बराबरी गरे।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)