काठमाडौं । नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
साउदी अरबमा बुधबार सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।
नेपाल मात्र नभएर सेन्ट्रल एसिया र साउथ एसियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी थिए ।
पब्जी मोबाईलको विश्वकपमा शानदार प्रर्दशन सहित होर ई स्पोर्ट्ले फाइनल राउण्डमा स्थान बनाएको छ । पछिल्लो नतिजासँगै होर ई स्पोर्ट्सले करिब पौने एक करोड रुपैयाँ पक्का गरेको छ ।
नेपालको होर ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालको होर ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । अन्तिममा खेल सक्ने टिमले समेत ३२ लाख रुपैयाँ बढी रकम प्राप्त गर्नेछ । प्रतियोगिताको विजेताले उपाधि सहित भण्डै ८ करोड रुपैयाँ प्राप्त गर्नेछ ।