आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 

सोमबार, १२ श्रावण २०८२खेलपाटी संवाददाता
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
Loading ad...
mustang rice ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा देखिएको गतिरोध हटाउन निर्देशन दिएका छन् ।

सरकारले अवैध रुपमा घोषणा गरेको नेपाल ओलम्पिक कमिटीको वर्तमान कार्यसमितिलाई विगठन गरेर नयाँ ओलम्पिक दर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

खेलकुद मन्त्री तेजुलाल चौधरी सहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल ओलम्पिक कमिटीमा आबद्ध रहेका २२ भन्दा बढी संघका पदाधिकारीसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 

सरकारले अवैध रुपमा घोषणा गरेको नेपाल ओलम्पिक कमिटीको वर्तमान कार्यसमितिले राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि अघि बढाएपछि २२ भन्दा बढी खेल संघका पदाधिकारीले खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले वर्तमान ओलम्पिक कमिटीलाई विगठन गरेर ओलम्पिक विवादमा देखिएको समस्या हल गर्न सरकारसँग माग गरेका थिए । 

तिनै पदाधिकारी सहित खेलकुद मन्त्री तेजुलाल चौधरी प्रधानमन्त्रीलाई भेट्न आईतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री ओलीले नेपाल ओलम्पिक कमिटीको सुरुवाती दर्ता प्रकृयामै क्रुटि रहेको उल्लेख गर्दै नयाँ दर्ता गरेर अघि बढ्न सुझाएका हुन् । 

‘ओलम्पिक कमिटीको सुरुवाती दर्ता प्रकृयामै त्रुटि थियो । तत्कालिन समयमा सरकारले समेत सो कमिटीलाई साथ दिएर गल्ती गर्यो ।’ प्रधानमन्त्रीको भनाई उद्धित गर्दै एक सहभागीले भने, ‘सोही कारण ओलम्पिक नयाँ दर्ता गरेर अघि बढ्नुस् । अन्तराष्ट्रिय ओलम्पिक कमिटीसँग आवश्यक समन्वय गर्नुहोस् । सरकारको पुरै साथ रहन्छ ।’ 

प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई विश्वासमा लिएर नयाँ दर्ता प्रकृयाबाट ओलम्पिक विवाद सुझाउन निर्देशन दिएका हुन् । 

जबर्जस्ती विधान संशोधन गरेर सरकार, अदालत र तत्कालन समयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले एनओसीको निर्वाचन गराएका थिए । ओलम्पिकको सदस्यताका लागि अदालत पुगेका पाँच खेल संघलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)का जनरल डिरेक्टर क्याप्टेन हुसेनबाट दबाब दिएर श्रेष्ठले मुद्धा फिर्ता लिन लगाएका थिए । 

ओलम्पिक चुनावको विषयमा अदालत गुहारेको नेपाल घोडचढी संघले अझै मुद्धा फिर्ता लिएको छैन । अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा ओसिएका जनरल डिरेक्टर क्याप्टेन हुसेनको आडमा जीवनरामले अन्तराष्ट्रिय मान्यता आफुले पाएको दाबी गर्दै आएका छन् । 
सरकारले भने श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई अवैध घोषणा गरेर एनओसीको केन्द्रिय कार्यालय बन्द गराएको छ भने ओलम्पिकको बैंक खाता रोक्कादेखि ओलम्पिकका पदाधिकारीको अन्तराष्ट्रिय भ्रमणमा प्रतिबन्ध लगाएको छ । 

सरकारको कारबाहीका बाबजुत जीवनराम श्रेष्ठ सहितका केही पदाधिकारी भारतको बाटो प्रयोग गरेर अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुने गरेका छन् । विदेश जान भारतीय बाटो प्रयोग गर्ने गरेका श्रेष्ठ सहितको वर्तमान कार्यसमितिका केही पदाधिकारीले नेपालको आधिकारिक ओलम्पिक कमिटीको रुपमा भ्रम सिर्जना गर्न खोजेर नेपाल सरकारलाई चुनौती दिने गरेको आरोप लाग्ने गरेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित