काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब एन्फा यु-१६ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गरेको हो।
मनाङलाई जित दिलाउन ईश्वर दमाइ परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले समान एक गोल गरे। जावलाखेलका लागि पुजन सुनारले गोल फर्काए। तर, पर्याप्त बनेन।
जितसँगै मनाङले ९ खेलमा २० अंक जोडेको छ। पराजित जावलाखेल समान खेलबाट १० अंकका साथ नवौं स्थामा छ।