काठमाडौं। मच्छिन्द्र क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–० ले पराजित गरेको हो।
मच्छिन्द्रलाई जित दिलाउन अर्जुनबहादुर कठायतले सर्वाधिक दुई गोल गरे। प्रज्ञान राई, हिमाल थिङ र विकास थापाको नाममा समान एक गोल रह्यो।
जितसँगै मच्छिन्द्रले ९ खेलमा २० अंक जोडेको छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ।