यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन

काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिप खेलेको टोलीमा एक परिवर्तन गर्दै एएफसी महिला यु–२० एसियन कप खेल्न टोलीलाई भुटान लैजाने भएका छन्।
उनले आइतबार मात्रै भुटानमा हुने छनोटका लागि अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन्। उनले बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरेका हुन्।
उनी मैदान उत्रिन पाएकी थिइनन्। उनको स्थानमा गुरुङले सजिना स्याङ्तानलाई टोलीमा समेटेका हुन्। टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह 'बी' मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।













-1762856022963.jpg&w=3840&q=75)