टेनिस नेतृत्वमा मुल निर्विरोध
२०२५ जुलाई २६, शनिबारखेलपाटी संवाददाता
-1753545694.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल टेनिस संघको ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ।
उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ।
मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए। संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए।
उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायश्थ र राजु श्रेष्ठ चुनिए। महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन्।
सदस्यमा विष्णुबहादुर थापा, प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी छन्।