एजी १० डाना कपको फाइनलमा
शुक्रबार, साउन १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एजी १० एकेडेमी डाना कप २०२५ को फाइनलमा पुगेको छ।
डेनमार्क ह्योयरिङमा शुक्रबार सम्पन्न सेमिफाइनलमा आइएफए स्पोर्ट्स (युएई) लाई ३–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
एजी १० का रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सुमणि तिमल्सिनाले गोल गरे।
फाइनल खेल शुक्रबार साँझ ६:०० बजे डेनमार्कको समयअनुसार (राति ९:४५ बजे नेपालको समयअनुसार) ह्योयरिङमै हुनेछ।













