आर्मीको पुनरागमन जित
शुक्रबार, साउन १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध ३–१ को पुनरागमन जित हात पारेको हो।
आर्मीलाई जित दिलाउन नीरज अधिकारी, युजल भण्डारी र सोहित वाइबाले गोल गरे । सातदोबाटोका मुक्सन राईले नवौं मिनेटमै गोल गरेका थिए।
जितसँगै आठ खेलमा ६ अंक जोडेको आर्मी ११औं स्थानमा उक्लिएको छ । सातदोबाटो अंकविहीन छ।









-1762997834781.jpeg&w=3840&q=75)



