एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
मंगलबार, ०६ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। १९औं एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना रानामगरले डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेका छन्।
मध्यपुरस्थित इनर ह्विल क्लबले यी दुई खेलाडीलाई मंगलबार अवार्ड र २५ हजार रुपैयाँ नगद प्रदान गरेको हो। एरिका एसियाली खेलकुदको ऐतिहासिक रजत विजेता हुन्।
अञ्जनाले भने उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा पहिलो रोजाईमा पर्दै नेपालको पोस्ट सम्हालेकी थिइन्।












-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)