• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
खेलपाटी संवाददाता
९ घण्टा अगाडि खेलपाटी संवाददाता
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको मंगलबार बताएका छन् ।

गत आ.व. मा मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो । यो जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो । त्यतिबेलासम्म म पूर्व भइसकेको हुन्छु । त्यसले कुनै फरक पर्दैन । तर, खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन्,’ सदस्य–सचिव घिसिङले भने, ‘यो योजनालाई सफल बनाउन खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना १ साताभित्र बुझाउनुस् ।’

उनले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससंग सहकार्य गर्नु पर्ने आवश्यकता औँल्याए । सदस्य–सचिव घिसिङ मिसन– २०२६ का लागि हाल २ करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरुबाट ठोस् योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता जनाए ।

उनले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताए । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरु हुने बताए ।

सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राखेका थिए ।

जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आ.व. २०८०÷८१ देखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो । कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो । गत आर्थिक वर्षमा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
विश्वकप खेल्न साउदी लाग्यो  होरा
विश्वकप खेल्न साउदी लाग्यो होरा
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
तिलोत्तमा कोरा साइक्लिङ सम्पन्न
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
प्रधानको नेतृत्वमा जिम्न्याष्टिक संघ
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
हिमालयन १०० मा क्षितिज च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP