सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाललाई बदलासँगै उपाधिको अवसर

सोमबार, ०५ श्रावण २०८२खेलपाटी संवाददाता
नेपाललाई बदलासँगै उपाधिको अवसर
Loading ad...
mustang rice ad

काठमाडौं। ढाकाको बसुन्धरा किङ्स एरेनामा सोमबार साँझ साफ महिला यु–२० च्याम्पियनसिपको राउन्ड रोबिनको अन्तिम खेल हुनेछ। तर, यो नेपाली टोलीको सपना र प्रतिशोधको निर्णायक खेल बन्ने छ।

नेपाल पहिलो उपाधिको लक्ष्य बोकेर बंगलादेश उडेको हो। अब नेपाल त्यही देशसँग उपाधि खोस्न खेल्नेछ। अंकतालिकाको गणितले भन्छ– नेपालले च्याम्पियन बन्न बंगलादेशलाई हराउनैपर्छ।

बराबरीले त पर्याप्त हुने नै छैन। तर, यो खेल अंकको गणितसँग मात्रै होइन, सम्मान फर्काउने अवसरसँग पनि जोडिएको छ।

पछिल्लो खेलसम्म आइपुग्दा दुवै टोलीले ५ खेल खेलेका छन्। बंगलादेश सबै खेल जितेर १५ अंकसहित शीर्षमा छ। नेपाल १२ अंकसहित दोस्रोमा। तर, नेपालको गोल संख्या ३० छ, जुन बंगलादेशभन्दा ६ गोल बढी हो।

यति हुँदा पनि नेपाल पछि छ। यो स्वभाविक नै छ। बंगलादेशसँगको पहिलो भेटमा बेहोरेको ३–२ को हारले नेपालको सिंगो समीकरण उल्टिएको हो।

अब नेपालसँग एउटै विकल्प एउटै छ, जित। नेपालले पछिल्ला तीन खेलमा विपक्षीलाई एकपटक पनि गोल गर्न दिएको छैन। श्रीलंकामाथि ७–० को दोहोरो जित र भुटानमाथि ८–० को एकतर्फी प्रदर्शनले नेपाली टोलीको लय बलियो रहेको पुष्टि हुन्छ। 

तर, त्यही बीचमा बंगलादेश पनि सम्हालिँदै अगाडि बढेको छ। श्रीलंकालाई ९–१ र ५–०, भुटानलाई ४–१ र ३–० ले हराउने क्रममा उसले पनि उपाधि होडलाई हल्कामा लिएको छैन।

यही सन्दर्भमा फर्कनुपर्छ नेपाली टोलीका कप्तान बिर्सना चौधरीको भनाइमा। उनी भन्छिन्, ‘हामी च्याम्पियन बन्नै आएका हौं। भुटानसँग जस्तै प्रदर्शन गर्न सक्यौं भने बंगलादेशलाई पनि हराउन सक्छौं।’

यो शब्द र पछिल्ला खेलका प्रदर्शनहरूले टोली आत्मविश्वासले भरिपूर्ण रहेको पुष्टि गर्छ। बिर्सनाले गोल, असिस्ट र नेतृत्व तीनै स्थानमा आफ्नो प्रभाव छाडेकी छन्।

स्ट्राइकर पूर्णिमा राई १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन्। मीना देउवा पनि प्रभावशाली लयमा छिन्। समीक्षा मगर र कुशुम खतिवडाले पनि स्कोर कार्डमा गोल संख्या थपिरहेकी छन्। यी खेलाडीलाई सेनु परियार, वर्षा ओली र सुक्रिया मियाले असिस्ट निकाल्दै सहयोग गरिरहेका छन्।

त्यसैले नेपालको आक्रमण लाइन बलियो देखिएको छ। तर, मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्,‘हामीले अघिल्ला केही खेलमा सेल्फिस खेलेका छौं। बंगलादेशसँग गल्ति गरेर पहिलो हाफमै दुई गोल खाएका छौं।’

उनको संकेत प्रस्ट छ। पहिलो खेलमा बंगलादेशसँग केमा चुकियो भन्ने आत्ममूल्यांकनपछि अन्तिम खेलको रणनीति निर्माण हुनेछ। स्ट्राइकिङ लाइनमा केही फेरबदलको संकेत उनी दिइरहेका छन्, जसले टिमको लयलाई अझ धारिलो बनाउने अपेक्षा गर्न सकिन्छ।

याद गर्नुपर्छ, बंगलादेशसँगको पहिलो भेटमा नेपाल २–० ले पछि परेको थियो। तर, दोस्रो हाफमा अनिशा राई (पेनाल्टीमा) र मीनाले गोल गर्दै खेल २–२ को बराबरी ल्याएका थिए। त्यो खेल ३–२ मा टुंगिँदा नेपालले अन्तिम मिनेटमा गोल खाएर हार बेहोर्नु परेको थियो। 

यही पीडा अहिले प्रतिशोधमा रूपान्तरित भएको छ। सोमबारको खेल औपचारिक रूपमा प्रतियोगिताको अन्तिम हो। तर, नेपाली टिमका लागि त्यो फाइनल सहर, बदला लिने र उपाधि उचाल्ने अवसरको त्रिकोणात्मक भिडन्त हुनेछ।

त्यस खेलले उपाधिको निर्णय मात्रै गर्ने छैन, नेपाली महिला फुटबलको मनोबल मात्रै फर्काउने छैन, भविष्यको नक्शा पनि कोर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु