बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

असाधारण गोलकर्ता पूर्णिमा

आइतबार, साउन ५, २०८२खेलपाटी संवाददाता
असाधारण गोलकर्ता पूर्णिमा
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा अहिले एउटा नाम अत्यन्तै प्रस्ट सुनिन्छ– पूर्णिमा राई। 

जारी साफ यु–२० महिला च्याम्पियनसिपमा उनले जुन शैलीमा गोल गर्दैछिन्, त्यो नेपाली महिला फुटबलका लागि आँकडा मात्रै होइन एक कीर्तिमान पनि हो।

भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित उनले ७ गोल गरिन्। त्यसमाथि श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर आफ्नो कुल संख्या १० पुर्‍याएकी पूर्णिमाले अब प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा मात्रै होइन इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन्।

उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ। उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन्। त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन्। 

पूर्णिमालाई पछ्याइरहेकी छन्, नेपालकै फरवार्ड मीना देउवाले। उनले प्रतियोगितामा दुई ह्याट्रिकसहित कुल ६ गोल गरेकी छन्। 

मीनाको खेलशैली, सटिक एसिस्ट र आक्रामकता पनि उल्लेखनीय रहेकै छ। तर, निरन्तरता र प्रभावशाली उपस्थितिले पूर्णिमालाई अलिक अगाडि पुर्‍याएको छ। साफ महिला उमेर समूहको इतिहास हेर्दा पूर्णिमाको प्रदर्शन असाधारण छ। 

सन् २०१९ मा भएको यु–१९ प्रतियोगितामा बंगलादेशकी शहेदा अक्तर रिपाले पाँच गोल गरेर उच्च स्कोरर बनेकी थिइन्। २०२१ को यु–१८ संस्करणमा भारतीय खेलाडी लिन्डा कोमले पनि पाँच गोल नै गरिन्।

नेपालकी अमिषा कार्कीले त्यतिबेला दुई गोल मात्र गरेकी थिइन्। त्यसपछि २०२३ मा अमिषा र बंगलादेशकी शमसुन्नहर जुनियरले समान चार गोल गर्दै उच्च स्कोररको उपाधि बाँडेका थिए। ती सबै तथ्यलाई अहिले पूर्णिमाले छायामा पारेकी छन्।

गोल संख्या मात्र होइन। प्रतियोगिताको औसत स्कोर दर पनि अहिले नयाँ उचाइमा पुगेको छ। सन् २०१८ मा प्रति खेल गोल औसत ६.५ गोल थियो। सन् २०१९, २०२१ र २०२३ का संस्करणमा यो दर घट्दै गएको थियो।

तर, २०२५ को संस्करणमा नेपाली टिमको आक्रमणशैलीकै कारणले यो दर फेरि उच्च भएको छ। प्रतियोगिताका १० खेलमा ६२ गोल भएका छन्। तीमध्ये २९ त नेपाली खेलाडीले नै गरेका हुन्।

पूर्णिमा र मीनाबाहेक मिडिफिल्डर समीक्षा मगर र कुशुम खतिवडाले समान तीन गोल आफ्नो खातामा राखेकी छन्। सेनु परियार र सरिता कुमारी नाथको नाममा समान दुई गोल छन्। विर्सना चौधरी र  अनिशा राईको नाममा पनि समान एक गोल छ।

पूर्णिमाको यो उत्कर्ष नेपाली महिला फुटबलका लागि एउटा नाममा होइन सम्भावनाको नयाँ दिशा बनेको छ। र, सबैभन्दा रोचक कुरा त के भने पूर्णिमासँग अझै एक खेल बाँकी छ। त्यो पनि बंगलादेशजस्तो प्रतिद्वन्द्वीविरुद्ध।

के त्यो खेलमा उनले आफ्नो कीर्तिमानलाई अझ अकल्पनीय बनाउनेछिन्? या यो १० गोलमै सीमित हुनेछ? त्यो त सोमबारको रातले नै बताउनेछ। तर, अहिले नै एक कुरा निश्चित छ– पूर्णिमाले उमेर समूहमा साफ महिला फुटबलको गोलकथा फेरिदिएकी छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

Bajaj Pulsar Motorcycle Ad
 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार