शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन १०० मा क्षितिज च्याम्पियन

शनिबार, ०३ श्रावण २०८२खेलपाटी संवाददाता
हिमालयन १०० मा क्षितिज  च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं। नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।

हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भए, जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो। 

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ। यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो।

खुला स्पर्धामा भण्डारी विजेता

प्रतियोगिताको खुलातर्फ  फिडेमास्टर (एफएम) भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपैयाँ नगद पुरस्कार जिते। उनले ९.५ अंक जोडे। यस्तै, दोस्रो भएका सिलवालले ९ अंकसहित ७ हजार रुपैयाँ प्राप्त गरे। 

८.५ अंक जोडेका मुहान नरसिंह श्रेष्ठ तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्देश श्रेष्ठ, रुपेश जैसवाल, प्रेमकृष्ण महर्जन, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौलागाईं रहे। यी सबैले जनही १ हजार रुपैयाँ पुरस्कार पाए।

१९ विधामा आयोजित प्रतियोगितामा ६ वर्षदेखि ८४ बर्षसम्मका खेलाडी सहभागि थिए। कुल ६७ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

साबिक विजेतालाई पहिलो खेलमै सकस !

साबिक विजेतालाई पहिलो खेलमै सकस !

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

प्रतिस्पर्धात्मक खेलमा पुलिस विजयी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने