हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
बिहिबार, ०१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् ।
भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् ।
हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् । प्रभाले गत फेब्रुअरीमा नयाँ दिल्लीमै भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमै रजत पदक जितेकी थिइन् ।
अध्यक्ष सिवाकोटीले विश्व पारा च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिताको अवसर पाउनु ऐतिहासिक भएको बताउदै विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने बताए ।







-1766070495057.jpeg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)