क्रिकेटर जोय सम्मानित
सोमबार, ३० असार २०८२खेलपाटी संवाददाता
-1752456636.jpeg&w=3840&q=75)
काठमाडौं। मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
एन्जल्स हार्टबाट एइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा जोय सम्मानित भएका हुन्। जोय पनि एसइइ उत्तीर्ण भएका छन्। मलेसियामा भएको प्रतियोगितामा जोयले इन्डोनेसियाविरुद्ध ५७ रन, भुटान विरुद्ध ६१ रन र सिंगापुर विरुद्ध २४ रन बनाएका थिए।
जोयलाई एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले ए कार्यक्रमबीचसम्मान गरे।











-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


