काठमाडौं । नेपाल कबड्डी लिग एनकेएलको दोस्रो सिजनका लागि खेलाडी दर्ता खुल्ला गरिएको छ ।
आयोजक एस्ट्रोनिक्सले दोस्रो सिजनको एनकेएलका लागि खेलाडी दर्ता खुल्ला गरेको हो ।
नेपाल कबड्डी लिगको वेबसाइटमा गएर खेलाडीले नाम दर्ता सक्नेछन् ।
खेलाडी दर्ता श्रावण २१ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । आयोजकले दोस्रो सिजनको तयारीलाई अघि बढाएको छ ।
कबड्डीको फ्रेन्चाइज प्रतियोगिताको रुपमा नेपाल कबड्डी लिगको सुरुवात गरिएको हो ।
एस्ट्रोनिक्सले १० वर्षका लागि अखिल नेपाल कबड्डी संघसँग प्रतियोगिता आयोजनाको सम्झौता गरेको छ ।
जनकपुर नाइट्स अपराजित रहदै पहिलो सिजनको एनकेएलको च्याम्पियन बनेको थियो ।