टेलले अब टोटनह्यामबाटै खेल्ने
सोमबार, ०२ असार २०८२खेलपाटी संवाददाता
-1750047432.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस क्लब टोटनह्यामले फ्रेन्च फरवार्ड माथिस टेललाई स्थायी रूपमा अनुबन्ध गरेको छ।
२० वर्षीय टेल यो वर्षको फेब्रुअरीमा बायर्न म्युनिखबाट ऋणमा टोटनह्याम आएका थिए। क्लबका अनुसार हालको ऋण सम्झौता जुन ३० मा समाप्त भएपछि उनी सन् २०३१ सम्म क्लबमा रहने गरी नयाँ दीर्घकालीन सम्झौता गर्नेछन्।
टेलले टोटनह्यामका लागि सबै प्रतियोगितामा २० खेल खेलेका छन् र तीन गोल गरेका छन्।
हाल उनी स्लोभाकियामा जारी युरोपियन यु–२१ च्याम्पियनसिप खेल्न फ्रान्स टोलीसँग सहभागी छन्। उक्त प्रतियोगितामा टोटनह्यामकै अर्का खेलाडी विल्सन ओडोबर्ट पनि फ्रेन्च टोलीमा छन्।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)


