• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कुन्हाको बाल्यकालदेखि सपना पूरा
खेलपाटी संवाददाता
आइतबार, असार १, २०८२ खेलपाटी संवाददाता
कुन्हाको बाल्यकालदेखि सपना पूरा

काठमाडौं। ब्राजिलियन स्ट्राइकर माथियस कुन्हाले भनेका छन्, म इतिहासकै खराब लिग सिजनपछि फेरि उचाइमा पुर्‍याउने लक्ष्यका साथ म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएको हुँ।

युनाइटेडको यो ट्रान्सफर सिजनको ठूला सम्झौतामार्फत भित्रिने उनी पहिलो खेलाडी हुन्। २० पटकको इङ्लिस च्याम्पियन युनाइटेड हाल रुबेन आमोरिमको नेतृत्वमा पुनर्निर्माण प्रक्रियामा छ।

क्लबले गत सिजन प्रिमियर लिगमा १५औं स्थानमा रहेर इतिहासकै खराब प्रदर्शन गर्‍यो। युरोपा लिगको फाइनलमा टोटनह्यामसँग हार बेहोरेपछि च्याम्पियन्स लिग खेल्ने अवसरसमेत गुमायो।

स्पेनको बिलबाओमा भएको पराजयपछि युनाइटेडले सन् २०१४/१५ यता पहिलो पटक युरोपेली फुटबल गुमाएको हो। तर, क्लबको समस्याले कुन्हालाई रोक्न सकेन।

उनी उल्भ्सबाट ६२.५ मिलियन पाउन्डमा युनाइटेडमा औपचारिकरूपमा अनुबन्ध भए। उनले गत सिजन सबै प्रतियोगितामा १७ गोल गरेका थिए। उल्भ्सको ‘प्लेयर अफ द सिजनसमेत घोषित भए।

२६ वर्षीय कुन्हाले भने,‘यो सबैभन्दा सामान्य वाक्य हो। तर, अहिलेको यो क्षणमा भन्नैपर्छ– यो मेरो सपना पूरा भएको हो।’ सायद बाहिरबाट धेरैले उनको यो निर्णयलाई बुझेका छैनन्। किनभने युनाइटेडको हाल खस्किँदै गएको छ। तर, यो कुराले उनलाई खासै फरक भने पार्दैन।

हुन त उनको मनमस्तिस्कमा युनाइटेडबाहेक अन्य कुनै क्लब पनि त छैन। ‘मलाई यो सिजन निकै कठिन रह्यो भन्ने थाहा छ। तर, सधैं युनाइटेडमा खेल्ने सपना देख्दै आएको छु। त्यसैले यो निर्णय सजिलो भयो। मेरो लागि युनाइटेडजस्तो क्लब अर्को कोही छैन,’ उनी भन्छन्।

यो निर्णयले नै उनी युनाइटेडलाई माया गर्छन् भन्ने स्पष्ट देखउँछ। बाल्यकालदेखि युनाइटेडलाई समर्थन गर्दै आएका कुन्हान वायन रुनी र २००८ को च्याम्पियन्स लिग जित्ने टोली आफ्नो प्रेरणा रहेको बताउँछन्। उनले क्लबको गौरवशाली इतिहास दोहोर्‍याउने लक्ष्यसमेत राखेका छन्।

‘युनाइटेड आउने कुनै पनि खेलाडीले क्लबका पुराना दिनहरू सम्झन्छ। प्रिमियर लिगका उपाधि, च्याम्पियन्स लिगको गौरव। म यही सोचेर यहाँ आएको हुँ कि युनाइटेड फेरि शीर्षमा पुग्न सक्छ। म यो क्लबलाई शीर्षमा पुर्‍याउने जिम्मा लिन्छु,’ उनले भने।

कुन्हाले यसै हप्ता भएको विश्वकप छनोटमा पनि ब्राजिललाई पाराग्वेमाथि १–० को जित दिलाउन भूमिका खेलेका थिए। उनले भिनिसियस जुनियरको गोलमा असिस्ट गरे।

उनको आगमनले युनाइटेडको आक्रमणमा र गोल गर्ने क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ, जुन गत सिजन निकै कमजोर रहेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP