काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर पूजा राना एएफसी महिला एसियन कप २०२६ छनोटको तयारी गर्न स्वदेश फिर्ता भएकी छन्।
भुटानमा व्यवसायिक लिग खेल्न पुगेकफ पूजा शनिबार स्वदेश फर्किएकी हुन्। भुटानी महिला लिगमा उनी ट्रान्सपोर्ट युनाइटेड क्लबबाट खेल्दै आएकी छन्। उनी राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबको पनि सदस्य हुन्।
भुटानी लिगमा डेब्यु खेलमै उनले गोल गरी उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी थाइल्यान्डविरुद्ध एक अभ्यास र अर्को मैत्रीपूर्ण खेल खेलेर भुटान फर्किएकी थिइन्। उक्त दुवै खेलमा नेपाल पराजित भएको थियो।