काठमाडौं। नेपालले साफ यु–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई चुनौती प्रस्तुत गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको हो। प्रतियोगिता ११–२१ जुलाईसम्म बंगलादेशमा हुने तय छ।
नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ।

नेपालले १३ जुलाईमा घरेलु टोलीसँग खेल्नेछ। यस्तै, १७ जुलाईमा श्रीलंका र २१ जुलाईमा पुन: बंगलादेशसँग खेल्नेछ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।