शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

यी स्टारबिना हुँदैछ क्लब विश्वकप

बिहिबार, जेठ ३०, २०८२खेलपाटी संवाददाता
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
Classic Tech Internet Ad

काठमाडौं। संयुक्त राज्य अमेरिकामा सुरु हुन लागेको फुटबलको सर्वोच्च निकाय फिफाको पहिलो बृहत् क्लब विश्वकपमा १ अर्ब अमेरिकी डलरको पुरस्कार राशि तोकिएको छ। तर, लिभरपुल, बार्सिलोना, आर्सनललगायत क्लब केही ठूला स्टार खेलाडी भने यो प्रतियोगिता गुमाउने छन्। योसँगै यो प्रतियोगिता केही रूपमा फिक्का हुने देखिएको छ।

मोहमद सलाह (लिभरपुल)
इङ्लिस प्रिमियर लिग जिते पनि लिभरपुल क्लब विश्वकपमा हुनेछैन, जटिल छनोट प्रणालीका कारण। त्यसैले प्रिमियर लिगमा २९ गोल र १८ असिस्ट गर्दै कीर्तिमान बनाएका इजिप्टका विंगर मोहमद सलाहले यो प्रतियोगिता गुमाउने छन्।

लामो र थकाइपूर्ण सिजनपछि केही विश्राम पाउँदा सलाहलाई दुःख नलाग्ला। उनले समुद्र किनारमा घाम तापेको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै छुट्टीको मजा लिइरहेका छन्।

तर, अफ्रिकन फुटबलका एक आइकनका रूपमा रहेका सलाहले पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्धको सम्भावित पुनः भिडन्त गुमाउनु अफसोस भने पक्कै मान्नेछन्। त्यस्तै, लिभरपुलले यसै सिजन जर्मन क्लब बायर लेभरकुजेनबाट भित्र्याएको फ्लोरियन विराट्स पनि सहभागी हुने छैनन्। उनको टोली लेभरकुजेन क्लब विश्वकप खेल्न अयोग्य ठहरिएको छ।

लामिन यमल (बार्सिलोना)
सन् २०२४–२५ को सिजनमा विश्व फुटबलमा सबैभन्दा रोमाञ्चक प्रतिभा देखिएका १७ वर्षीय स्पेनिस विंगर लामिन यमल पनि अमेरिका जाने छैनन्। बार्सिलोनाले क्लब विश्वकपमा स्थान पाउन सकेन।

बालोन डि’ओरका सम्भावित दाबेदारमध्ये एक मानिएका यमलको ड्रिब्लिङ र साहसिक खेलले उनलाई नयाँ लिओनल मेसीको उपमा दिइएको छ। तर, उनले सम्भवतः अर्जेन्टिनी स्टार मेसीसँग खेल्ने एक मात्र अवसर गुमाएका छन्। मेसीको टोली इन्टर मियामीले भने प्रतियोगिता खेल्दै।

बार्सिलोनाका राफिन्हा, पेड्री र रोबर्ट लेवान्डोस्की पनि यस प्रतियोगितामा अनुपस्थित रहनेछन्।

क्रिस्टियानो रोनाल्डो (अल–नासर)
मेसीका पुरानो प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो पनि अमेरिका जाने छैनन्। ४० वर्षीय पोर्चुगिज स्टार अहिले साउदी क्लब अल–नासरम आबद्द छन्।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले रोनाल्डोलाई प्रतियोगितामा सहभागी गराउन केही क्लबसँग छलफल भइरहेको बताएका थिए। तर, रोनाल्डोले युरोपियन नेसन्स लिग जितेपछि भने, ‘केही क्लबहरूले सम्पर्क गरेका थिए। केही प्रस्ताव उपयुक्त थिए, केही थिएनन्। तर सबै सम्भावनालाई सम्हाल्न सकिन्न।’ योसँगै उनले अल–नासरमै रहने संकेत दिएका छन् भने क्लब विश्वकप नखेल्ने पक्का भइसकेको छ।

बुकायो साका (आर्सनल)
च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएपछि आर्सनलले सिजन उपाधिविहीन रहेर समाप्त गर्‍यो। आर्सनका लागि  क्लब विश्वकप उपाधि जित्ने ठूलो मौका हुन सक्थ्यो, तर त्यो गुम्यो।

इंग्ल्यान्डका स्टार विंगर बुकायो साकाको एक मात्र क्लब उपाधि सन् २०२० को एफए कप हो। उनले पछिल्ला केही सिजनमा उच्च स्तरको प्रदर्शन गरे पनि उपाधिको संख्या भने बढाउन सकेका छैनन्।

लिभरपुल र म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गरिरहेको आर्सनलले पनि ठूलो पुरस्कार राशि गुमाउने भएको छ।

नेयमार (सान्तोस)
साउदी क्लब अल–हिलालमा चोटग्रस्त बनेका नेयमार अहिले ब्राजिलियन क्लब सान्तोस फर्किएका छन्। उनी फिट भएर सन् २०२६ को विश्वकप खेल्ने तयारी गरिरहेका छन्।

३३ वर्षीय नेयमार अझै पनि विश्व फुटबलका सबैभन्दा चर्चित नामहरूमध्ये एक हुन्। तर, उनको अनुपस्थिति अमेरिका प्रतियोगिताको व्यावसायिक पक्षका लागि घाटा हुने देखिन्छ।

ब्राजिलका क्यासेमिरोले भनेका छन्, ‘मेरो फुटबल युगमा नेयमार, रोनाल्डो र मेसी शीर्ष तीनमा पर्छन्।’ टिकट बिक्रीमा संघर्ष गरिरहेका आयोजकहरूका लागि नेयमारको उपस्थिति ठूलो फाइदा हुने थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट