• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोको अर्को सपना पूरा
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३०, २०८२ खेलपाटी संवाददाता
रोनाल्डोको अर्को सपना पूरा

काठमाडौं। पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले अर्को एक उपाधि आफ्नो पोल्टामा थपेका छन्। थप कीर्तिमान र अझ धेरै सम्मान कमाएका छन्।

आइतबार नेसन्स लिग जितेपछि उनी खुसीका आँसु खसाल्दै थिए। उनले स्पेनविरुद्धको फाइनलमा टोलीलाई २-२ को बराबरीमा फर्काउन गोल गरे। त्यसपछि पेनाल्टी सुटआउटमा पोर्चुगलले ५-३ ले जित हासिल गर्‍यो।

‘मैले आफ्नो करिअरमा क्लबबाट धेरै उपाधि जितेको छु। तर, पोर्चुगलबाट जित्नु सबैभन्दा राम्रो अनुभूती हो। यी खुसीका आँसु हुन्। लक्ष्य पूरा भयो, अपार खुसी मिल्यो,’ उनले भने।

खेलअघि वार्मअप गर्न उनी सबैभन्दा पहिले मैदानमा दौडिए। यो देखेर पोर्चुगल समर्थकबीच ठूलो उत्साह छायो। धेरै समर्थक उनले वार्मअप गरिरहेको भिडियो मोबाइलमा कैद गरिरहेका देखिन्थे।

सायद यो राष्ट्रिय टोलीबाट उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो। उनले पनि आफू सधैं खेल्न नसक्ने स्वीकार गरेका छन्। त्योभन्दा तीन दिनअघि उनले पोर्चुगललाई २५ वर्षपछि पहिलो पटक जर्मनीमाथि जित दिलाएका थिए। उक्त सेमिफाइनलमा उनले निर्णायक गोल गर्दै २–१ को जित दिलाए।

फाइनलमा पनि उनले टोलीलाई अघि बढाइरहेका थिए। यद्यपि, खेलको सुरुआतमा स्पेनका डिफेन्डरले उनलाई राम्रोसँग चल्न दिएनन्। स्पेनका मार्टिन जुबिमेन्डीले खेलको पहिलो गोल गरे। तर, नुनो मेन्डेसले गोल फर्काएर पोर्चुगललाई बराबरीमा ल्याए। त्यसपछि मिकेल ओयारजाबालले फेरि अग्रता दिलाए र पहिलो हाफसम्म स्पेन २-१ ले अगाडि रह्यो।

तर, ६१ औं मिनेटमा मेन्डेसको ‘डिफ्लेक्टेड क्रस’बाट रोनाल्डोले सही समयमा सही स्थानमा रहेर बराबरी गोल गरे। त्यसपछि समर्थकबीच खुसीको माहोल छायो। यो रोनाल्डोको पोर्चुगलका लागि १३८औं अन्तर्राष्ट्रिय गोल हो। रोनाल्डोले आफ्नो कीर्तिमानी २२१औं खेलमा पनि निकै प्रयास गरे। तर, अन्ततः थाकेका कारण ८८औं मिनेटमा मैदान छोडे। समर्थकले उभिएर उनलाई सम्मानजनक बिदाइ दिए भने प्रशिक्षक रोबर्टो मार्टिनेजले अंगालो हाल्दै स्यावासी दिए।

‘मैले खेलअघि नै चोटको महसुस गरिरहेको थिएँ। केही समयदेखि यो महसुस भइरहेको थियो। तर, राष्ट्रिय टोलीका लागि यदि खुट्टा भाँच्नुपर्ने भए पनि म भाँच्थे। यो उपाधिका लागि हो। मैले सबै दिनुपर्ने थियो र मैले त्यो गरें,’ उनी भन्छन्।

उनको भविष्य अहिले अनिश्चित छ। साउदी क्लब अल-नसरसँग उनको सम्झौता जुन महिनाको अन्त्यसम्म मात्रै छ। सिजनको अन्तिम खेलपछि उनले सामाजिक सञ्जालमा ‘यो अध्याय समाप्त भयो लेखेका थिए। शनिबार उनले क्लब विश्वकपमा नजाने मनस्थितिमा आफू पुगेको खुलासा गरेका थिए। 

‘मैले देशका क्लबाट खेलें। तर, जब कुरा पोर्चुगलको हुन्छ, त्यो सधैं विशेष महसुस हुन्छ,’ रोनाल्डोले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘किङ केभ इज हियर’
‘किङ केभ इज हियर’
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सहज जित निकाल्दै पुलिस फाइनलमा
सहज जित निकाल्दै पुलिस फाइनलमा
‘किङ केभ इज हियर’
‘किङ केभ इज हियर’
बलियो  न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
बलियो न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP