हङकङसँग भारत पराजित
मंगलबार, जेठ २८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतले एएफसी एसियन कप छनोटमा पहिलो हार बेहोरेको छ।
काई टाक स्पोर्ट्स पार्कमा मंगलबार सम्पन्न खेलमा घरेलु टोली हङकङसँग भारत १–० ले पराजित भएको हो।
योसँगै हङकङले समूह सी मा २ खेलबाट ४ अंक पुर्याएको छ। भारत भने एक अंकसहित पुछारमा छ।
हङकङलाई जित दिलाउन दोस्रो हाफको इन्जुरी समयमा स्टेफन पेरेइराले गरेको गोल निर्णायक बन्यो। उनले ९४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।













