काठमाडौं। श्रीलंकाले एएफसी एसियन कप छनोटमा चाइनिज ताइपेइमाथि सहज जित निकालेको छ।
श्रीलंकाको रेस कोर्स इन्टरनेसनल स्टेडियममा मंगलबार सम्पन्न खेलमा श्रीलंका ३–१ ले विजयी भएको हो। योसँगै श्रीलंकाले समूह डी मा ३ अंक जोडेको छ। चाइनिज ताइपेईको भने यो लगातार दोस्रो हार हो।
श्रीलंकालाई जित दिलाउन अधावन राजमोहन, डिलोन डि सिल्भा र अहमेद वासिमले गोल गरे।
हुङ विई चाङले गरेको गोल चाइनिज ताइपेईका लागि सान्त्वना रह्यो।