काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनीश श्रेष्ठ एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा बेञ्चमा रहने भएका छन्।
खेल न्यु लाओस नेसनल स्टेडियममा केही बेरपछि सुरु हुनेछ। मुख्य प्रशिक्षक म्याट रसले हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुआती ११ मा उत्रिएका सनीशलाई बेञ्चमा राखेका छन्।
उनको स्थानमा योगेश गुरुङ सुरुआती ११ मा खेल्ने छन्।