काठमाडौं। फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेसन्स लिगअन्तर्गत तेस्रो स्थानका लागि आयोजक जर्मनीसँग भएको खेलमा फ्रान्सले २–० को जित निकलेको थियो।
एमप्पेले उक्त खेलमा आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोल गरे। अर्को गोल पनि उनले सहयोग गरे। फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले खेलअघि नै यस खेलमा उत्साहित नभएको बताएका थिए।
यो खेलबाट विशेष उपलब्धि हासिल हुने अवस्था थिएन। ‘खेल छ, हामी खेल्छौं। तर, उत्साहित छैनौं,’ डेस्च्याम्प्सले भनेका थिए।
फ्रान्सले घाइते ओस्मान डेम्बेले र ब्राड्ली बारकोला बिना खेलेको थियो। दुवै टोलीले सेमिफाइनलमा हारपछि सान्त्वना स्थानका लागि खेल्नुपरेको थियो। जर्मनी बुधबार पोर्चुगलसँग २–१ ले पराजित भएको थियो भने फ्रान्स बिहीबार युरोपियन च्याम्पियन स्पेनसँग ५–४ ले पराजित भयो।