काठमाडौं। ब्राजिलियन विंगर राफिन्हा स्पेनको ला लिगाको वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
उनले बार्सिलोनालाई घरेलु डबल उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
२८ वर्षीय राफिन्हा इङ्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोनामा आबद्ध भएका हुन्। अहिले उनी बार्सिलोनाबाट आफ्नो तेस्रो सिजन खेल्दै छन्। यस सिजन उनले १८ गोल र ९ असिस्ट गरे।
राइट साइडका मिहनेति विंगर राफिन्हा उत्कृष्ट ड्रिब्लर हुन्। रक्षकमा समेत सक्रिय योगदान दिने खेलाडीका रूपमा उनी परिचित छन्।
यो सिजनको सुरुआतमा राफिन्हा क्लब छोड्ने निर्णयनजिक पुगेका थिए। तर, नयाँ प्रशिक्षक हान्सी फ्लिकले उनलाई कप्तान बनाएर २०२८ जुलाईसम्म सम्झौता विस्तार गरेका छन्।